नेभिगेशन
सुरक्षा–अपराध

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालउपर गैरकाुूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

आज विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । 

अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेपछि अनियमितता देखिएकाले मुद्दा दायर गरिएको जनाएको छ ।

No description available.No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध