बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा आफ्ना सांसदलाई ह्विप जारी
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०-८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्तिमार्फत् ह्विप जारी गरेका हुन् ।
सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन आग्रह गरिएको छ ।
बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला कांग्रेसले ह्विप जारी गरेको हो ।
बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्