रास्वपाको अवरोधमा एमालेको साथ, संसद् बैठक स्थगित
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधमा नेकपा (एमाले)ले साथ दिएपछि प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित भएको छ ।
रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।
जसलाई एमालेका सांसदले पनि साथ दिएका थिए ।
बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ११:४३
प्रतिक्रिया दिनुहोस्