त्रिभुवन विमानस्थलमा १ जना यात्रुको बिदाइ र स्वागतमा अब ३ जना मात्रै जान पाइने
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एकजना यात्रुको बिदाइ तथा स्वागतका लागि अबदेखि तीन जनामात्रै जान पाइने भएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि एक जनाका लागि तीनजना मात्रै जान पाउने निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ ।
भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहरपछि यस्तो निर्णय भएको हो ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १२:३९
प्रतिक्रिया दिनुहोस्