Nic Ad Nic Ad
Nic Ad Nic Ad

अकूत सम्पत्ति कमाएको अभियोगमा तत्कालीन जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर

मंगलबार, असार १२, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा रु एक करोड १३ लाख ४५ हजार आठ सय पाँच मात्रै बैध आय गरेको पाइएको छ । सो अवधिमा उनको रु दुई करोड ४३ लाख ९१ हजार पाँच सय ६५ बराबरको लगानी भएको देखिएको छ ।

अनुसन्धनमा रु एक करोड ३० लाख ४५ हजार सात सय ७० बराबरको सम्पत्तिको स्रोत  नखुलेकाले  मिश्रले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरुको नाममा रहेको सम्पत्तिसमेत जफथ गर्न माग गरेको छ । 

आयोगले बिगो बराबरको रकम असुलीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्