Nic Ad Nic Ad
Nic Ad Nic Ad

मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग

मंगलबार, असार १२, २०८०

काठमाडौँ– मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनुपर्नेमा कानुन क्षेत्रका विज्ञले जोड दिएका छन् । 

महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको मुद्दा चलाउन नसकिएकाले छिट्टै यससम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् । 

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखनसम्बन्धी कानुन संशोधन गरी तस्करीको दफा राख्न खोजिएको जानकारी गराएका हुरन् । मानव तस्करीसम्बन्धी अलग कानुन बनाएर यो विषयलाई सम्बोधन गरिनुपर्ने उनको भनाइ छ । 

अधिवक्ता बिमला खड्का दर्लामीले सरकारी वकिलसँगै पीडितलाई अन्य कानुन व्यवसायी पनि उपलब्ध गराउने गरी कानुनमा संशोधन गरिनुपर्नेमा जोड दिइन् । उनले  कानुनमा संशोधन गर्नुपर्ने बुँदा पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्