नेभिगेशन
समाचार
बागमती प्रदेशसभा

बागमती प्रदेशसभामा रहने विषयगत समिति सदस्यको नाम सार्वजनिक

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाको नियमावलीअनुसार प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् ।

ती समितिको अध्यक्षमा सम्बन्धित समितिका सदस्यबाट निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभा बैठक अपराह्न १ बजेको लागि बोलाइएको भए पनि बजेटको विषयमा छलफल गर्ने क्रममा सर्वदलीय बैठक बस्दा करिब ३ बजेर १८ मिनेटको समयमा मात्रै सञ्चालन भएको थियो । प्रदेशसभाको दोस्रो बैठकको लागि सभामुख भुवनकुमार पाठकले आधा घण्टाको लागि स्थगित गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार