Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललिता निवास प्रकरण : आरोपी सबैलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, असार १३, २०८०

काठमाडौँ– बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो ।

आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्तलगायत एक दर्जनभन्दा बढी वकिलहरुले बहस गरेका थिए । उनीहरूले पक्राउ परेकामध्ये तीन जना सर्वोच्चको स्टे अर्डरका आधारमा छुटेको हुँदा अरुको हकमा पनि यही लागू हुनुपर्ने माग गरे ।

उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरे पनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्