नेभिगेशन
समाज विविध

उपचारपछि निवास फर्किए राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि निवास फर्किएका छन् ।

राष्ट्रपति पौडेल आज शितल निवास फर्किएका हुन् ।

गत असार २ गते राष्ट्रपति पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल उपचार गराएर निवास फर्किएको उल्लेख गरेकी छन्।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य अवस्थामा फर्किएको अस्पतालले जनाएको छ ।
राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा