नेभिगेशन
समाज विविध

समलिङ्गी विवाहले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा 

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्ने बताएका छन् ।

समलिङ्गी विवाहलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । 

समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ रहेको थापाको भनाइ छ ।

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण छ । समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता