नेभिगेशन
सुरक्षा–अपराध

महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वकिल पक्राउ

काठमाडौँ– ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ परेका छन् ।

अधिवक्ता (वकिल) अमिर लामिछाने पक्राउ परेका हुन् । उनलाई ललितपुर प्रहरी परिसरले आज पक्राउ गरेको हो ।

 आफूलाई हात पात गरेको भन्दै नायब सुब्बा प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएपछि अधिवक्ता लामिछाने पक्राउ परेका हुन् ।

मुद्दाको फाइल हेर्नेक्रममा विवाद हुँदा  लामिछानेले आफूमाथि हातपात गरेको तामाङको दाबी छ । तामाङको मुखमा चोटसमेत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध