Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलङ्काको मन्त्रिपरिषद्द्वारा घरेलु ऋण पुनर्संरचना योजनालाई अनुमोदन

बिहीबार, असार १४, २०८०

कोलम्बो– श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पिएमडी)ले जनाएको छ।

घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको पिएमडीले बताएको छ ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसद्मा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले  लगानीमा पनि घाटा ब्यहोर्न बाध्य नहुने बताएका थिए ।

सियामबालापिटियाले ऋणमा अल्पकालीन रोक, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ पनि घरेलु ऋणको पुनर्संरचना गर्ने उपाय हुनसक्ने बताएका छन् ।

श्रीलङ्काले अप्रिल २०२२ मा विदेशी ऋण तिर्न निलम्बनको घोषणा गर्योत, जब यो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय संकटबाट प्रभावित भएको थियो । श्रीलङ्काले यसअघि नै अन्तरराष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राख्दै आफ्नो बाह्य ऋणको पुनर्संरचना गर्न थालिसकेको छ।
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्