Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली व्याख्यासहितको उपदेशरत्नमाला पुस्तक सार्वजनिक

बिहीबार, असार १४, २०८०

काठमाडौँ– नेपाली व्याख्यासहितको उपदेशरत्नमाला पुस्तक लोकार्पण गरिएको छ ।

व्याख्याकार प्रा पद्मप्रसाद भट्टराईले नेपाली भाषामा अनुवाद गर्नुभएको उपदेशरत्नमाला पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा श्री वैष्णव परिषद् नेपालका अध्यक्ष देवराज आचार्य, श्री वेङ्कटेश गुरुकूल बत्तिसपुतलीका संस्थापक/सञ्चालक प्रा डा पुरुषोत्तम नेपाललगायतले संयुक्तरूपमा लोकार्पण गरेका हुन् । 

द्राविण वेदका रूपमा रहेको दिव्य प्रबन्धको सार उपदेशरत्नमालालाई दक्षिण भारतमा श्रीवरवरमुनिस्वामीले मणिप्रवाल भाषामा लेखेका थिए । मणिप्रवाल भाषामा रहेको उपदेशरत्नमालालाई वरवरमुनिस्वामीका नाति श्रीआभिरामवराचार्यले वसन्ततिलक छन्दमा संस्कृतमा ७३ श्लोकको रचना गरेका थिए । यसै कृतिलाई प्रा भट्टराईले अन्वयसहित नेपाली भाषामा अर्थ लेखेका छन् ।

कार्यक्रममा परिषद्का अध्यक्ष आचार्यले सम्प्रदाय बुझ्न चाहने द्रविण र संस्कृत भाषाको ज्ञान नभएकाका लागि यो एउटा महत्त्वपूर्ण कृति भएको बताए । प्रा डा उमेश नेपालले सनातन संस्कृति र सभ्यताका लागि संस्कृत शिक्षा अनिवार्य भएको बताए ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्