नेभिगेशन
समाचार

कसैले जलहरीको सुन नै खाएपनि त्यो मेरो सरोकारको विषय होइन : अध्यक्ष ओली

उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको बिषयमा आफुलाई जानकारी नभएको जिकिर

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले जलहरी बिषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य बिषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् ।

उनले संसदमा एमालेलाई बद्नाम गर्न कसैले यो बिषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको बिषय नभएको उल्लेख गरे । ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस बिषयमा आफुलाई केहि जानकारी नभएको जिकिर गरे ।

ओलीले वर्तमान सरकार स्वार्थसंग अडिएको पनि बताए । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार