नेभिगेशन
समाचार
चीन भ्रमण

उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना

छेन्दु– जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भए । 

उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो । 

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले आजै छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्र र १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गरेका थिए । उनले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् । –रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार