नेभिगेशन
समाचार

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएनन् 

ढल्यो एमाले सरकार

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ ।

बैठकमा ८९ प्रदेशसभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ प्रदेशसभा सदस्यले कार्कीलाई मत दिएका हुन् ।

उनको विपक्षमा पनि ४३ मत नै खसेको छ ।

विपक्षमा गठबन्धन दलमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी)का ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

एमाले नेतृत्वको सरकार ढलेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार