ललिता निवास प्रकरण : ३ जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौँ– सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश डा. कुमार चुडालको इजलासले धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङलाई पक्राउ गर्नुको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको नाममा आज आदेश जारी गरेको हो ।
आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गौतम, शाह र गुरुङ सर्वोच्च पुगेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १६:२५
प्रतिक्रिया दिनुहोस्