Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउनु पर्छः सांसद सुवाल

आइतबार, असार १७, २०८०

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेतासमेत रहेका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । 

आज (आइतबार) प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले अहिलेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको भन्दै महाअभियोग लगाउन माग गरे ।

‘न्यायालय अहिले भद्रगोल छ । न्यायाधीशहरुले झगडीयाहरुसँग टेलिफोन गरेको उदाहरण बाहिर आएको छ । झगडीयासँग फोन गर्न मिल्द न्यायाधीशले ? र, न्यायाधीश र वकिल सिन्डिकेटमा चलिरहेको बाहिर आएको छ । अदालत स्वयम्ले सार्वजनिक जमिन व्यक्तिको नाममा दर्ता गर्दिने– छाया कम्प्लेक्स, ललिता निवास । सगरमाथा राष्ट्रिय निकुन्जको जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो ? न्यायालयको काम, न्यायालयको फैसलाले । त्यसकारण न्यायालयको फैसलालाई अनुगमन गर्नुपर्यो । यसमा कानुन मन्त्री अगाडि बढ्नु पर्यो । र, प्रधानन्यायाधीश (हरिकृष्ण कार्की) जीले महान्यायाधिवक्ता हुँदा सरकारी जग्गा व्यक्तिको हो भनेर दर्ता गरेको कुरा बाहिर आएको छ । यस्तो विषय सबै अख्तियार दुरुपयोग हो । संसदले महाअभियोग लगाउनु पर्छ,’ सांसद सुवालले भने ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्