नेभिगेशन
समाज विविध

बालेनको अर्काे एक्सन, ललिता निवासको जग्गामा तारबार लगाउन महानगर प्रहरी पठाउँदै

काठमाडौँ– काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गामा तारबार लगाउने भएको छ । सो सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको हो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली तारबार लगाउनको लागि आइतबार दिउँसो सो स्थानमा जान लागेका स्रोतले जानकारी दियो ।

केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध