Nic Ad Nic Ad
Nic Ad Nic Ad
आईसीसी विश्वकप छनोट

प्लेअफमा युएईविरुद्ध नेपालको जित

आइतबार, असार १७, २०८०

काठमाडौँ– आईसीसी विश्वकप छनोट प्रतियोगीता अन्तर्गतको प्लेअफ खेलमा नेपालले यूएईलाई पराजित गरेको छ।

हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा १८२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले ४० बाँकी रहँदै ७ विकेटको क्षतिमा यूएईलाई पराजित गरेको हो । 

आजको खेलमा अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ७ चौका र २ छक्का प्रहार गर्दै ७९ रनको सर्वाधिक स्कोर गरे । उनलाई साथ दिएका सन्दीप लामिछानेले पनि २३ रनको पारी खेले ।  १२ रनमा पवेलियन फर्किएका गुलशन झासँग मिलेर दीपेन्द्रले ४२ रनको साझेदारी गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ रन बनाए ।अर्जुन साउद ५ बलमा १ रन बनाएको अवस्थामा पवेलियन फर्किए । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए । कप्तान रोहित पौडेल ४ रन बनाउँदा क्याच आउट हुन पुगे । भीम सार्की र आरिफ शेख व्यक्तिगत १–१ रनको साझेदारीमै आउट भए । 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दीपेन्द्रसिंह एरीले व्यक्तिगत १–१ विकेट लिए । 

यूएईले ४६.५ बल खेल्दै सबै विकेटको क्षतिमा १८१ रन बनाएको थियो । यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४, रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए । त्यसैगरी, ओपनर आर्यन शर्माले २८ रन जोड्न सफल भए ।  

यूएईलाई प्लेअफमा पराजित गरेसँगै अब नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई हराउँदै आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरिसकेको छ । 

यो खेलमा हार्ने टोली भने नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्