नेपाल पहिले ब्याटिङ गर्दै
काठमाडौं - मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको सेमिफाइनल खेलमा नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
सिंगापुरविरुद्ध नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहन्छ ।
सिंगापुर पनि सोहि सोचका साथ मैदान उत्रदै छ । यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मंगलबार खेल्ने छ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०७:४९
प्रतिक्रिया दिनुहोस्