सत्ता गठबन्धनको बैठक ४ बजे बस्दै, मुख्यतः २ विषयमा छलफल
काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरूको बेठक आज दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुख्यतः २ विषयसँगै पछिल्ला समसायिक बिषयमा छलफल हुने बताइएको छ ।
जसमा जनमत पार्टीलाई सरकार ल्याउने बिषय तथा कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।
कोशीमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) नेतृत्वको सरकारले ढलेपछि नयाँ सरकारका लागि आह्वान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० १३:५२
प्रतिक्रिया दिनुहोस्