Nic Ad Nic Ad
Nic Ad Nic Ad
ललिता निवास प्रकरण

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ

सोमबार, असार १८, २०८०

काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले थप २ जनालाइृ पक्राउ गरेको छ । 

सिआइबीले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो । सिआइबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार