Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचार विरोधी अभियानबाट सरकार पछि हट्दैन : उपाध्यक्ष महरा

विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने जिकिर
सोमबार, असार १८, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिक भएर अघि बढेको भन्दै वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका हुन् ।

उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने जिकिर गरे । अहिले सरकारका कामकारवाही सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ । महराले समयमा नै पाठ्यपुस्तक उपलव्ध गराउनेदेखि मिटरव्याजी समस्या समाधान लगायतका धेरै राम्रा काम गरेको दावी गरे ।

यस्तै महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको जिकिर गरे । सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्