नेभिगेशन
समाचार
सत्ता गठबन्धनको बैठक

कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको निर्णय 

काठमाडौँ– सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एसका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 

पाण्डेले कोशी प्रदेशभित्र सवैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सीट संख्या पुराउने जिम्मा पनि कांग्रेसलाइ नै दिइएको बताए । बैठकले बिभिन्न प्रदेशमा मन्त्रीमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लागेको उनले जानकारी दिए ।

त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए । बैठकमा बिभिन्न विश्वविद्यालयका पदहरुको व्यवस्थापन गर्ने बिषयमा पनि छलफल भएको पाण्डेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार