Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल बारले अदालती कामलाई असर नपर्ने गरी विरोध जारी राख्ने

सोमबार, असार १८, २०८०

काठमाडौँ– नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ ।

बारको आन्दोलनका कारण आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी भएन । अदालतको कामलाई असर नपर्ने गरी विरोधलाई यथावत् राख्ने आज निर्णय गरेको हो ।

बारका महासचिव अञ्जिता खनालले आन्दोलन जारी रहने तर अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरु यथावत् रहेको जानकारी दिइन् । बारले सेवाग्राहीलाई असर नपर्ने गरी मङ्गलबार खाजा समयमा विरोध गर्ने जनाएको छ ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले आज देशभर बन्दीका मुद्दा बाहेकमा बहस पैरवी नगरेको हो ।

बारले सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेलगायतको  माग गरेको छ ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै प्रहरी पक्राउ गरेको हो । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

nepal_bar_programme1688397874.jpg

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्