Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुरानो घरमा ‘ट्युबवेल’ मञ्चन

सोमबार, असार १८, २०८०

काठमाडौँ– गत शुक्रबारदेखि सिनामङ्गलस्थित पुरानो नाटक घरमा तराईका किसानहरूले सिँचाइसम्बन्धी भोगेका समस्यालाई उठान गरिएको नाटक ‘ट्युबवेल’ मञ्चन भइरहेको छ । 

रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजीव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारले अभिनय गरिरहेका छन् । 

“यसको कथा विसं २०५६  सेरोफेरोको हो । यद्यपि तराईको अवस्था अहिले पनि उस्तै छ । त्यसैले यसलाई नाटकमा प्रस्तुत गरेका छौँ”, निर्देशक सुवेदीले भने । उनको यो पहिलो निर्देशकीय नाटक हो ।

नाटकमार्फत काठमाडौँमा तत्कालीन तराईका जिल्लाहरूको परिवेश देखाइएको छ । नाटक आउँदो साउन १५ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्