आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौँ– नेपालले आइसिसी ओडिआई विश्वकप छनोटको सातौं स्थानका हुन लागेको आयरल्यान्डविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्ने भएको हो ।
खेल १२ः४५ बजे सुरु हुनेछ ।
नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो ।
नेपालले सातौं स्थानक लागि भएको दोस्रो सेमिफाइनल खेलमा आइतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई हराएको थियो । जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।
उता, आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बीबाट सुपर सिक्स पुग्न सकेको थिएन । आयरल्यान्ड समूह चरणमा ओमान, स्कटल्यान्ड र श्रीलङ्कासँग पराजित भएको थियो ।