आयरल्यान्डविरुद्ध नेपाल : अर्धशतक बनाउनबाट २ रनले चुके अर्जुन
काठमाडौँ– नेपालले आइसिसी एकिदवसीय विश्वकप छनोटको सातौं स्थानका भइरहेको आयरल्यान्डविरुद्धको खेलमा नेपालका अर्जुन साउद अर्धशतक बनाउनबाट २ रनले चुकेका छन् ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा जारी खेलमा ओपनर अर्जुन ८४ बलमा ४८ रन बनाउँदै आउट भएका छन् ।
ससँगै नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेट गुमाउँदा नेपालले २६ ओभरमा १०३ रन बनाएको थियो ।
यसअघि नेपालका ओपनर कुशल भुर्तेल ८, ज्ञानेन्द्र मल्ल ७ र कप्तान रोहित पौडेल २९ रनमा आउट भएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १४:४३
प्रतिक्रिया दिनुहोस्