Nic Ad Nic Ad
Nic Ad Nic Ad

लमजुङमा झाडापखालाले ६ वर्षका बालकको मृत्यु

मंगलबार, असार १९, २०८०

लमजुङ– झाडापखालाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दीप परियारको झाडापखालाबाट मृत्यु भएको हो । 

बालकलाई सोमबारदेखि झाडापखाला लागेको आमा सीमा बिकले जानकारी दिइन् । बिरामी बालकलाई मंगलबार बिहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन् । 

‘बाबु हिजोदेखि झाडापखालाले बिरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाइएन,’ उनले भनिन्, ‘बिहान औषधि गर्न ल्याउँदा–ल्याउँदै काखैमा बित्यो ।’
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्