Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयरल्यान्डविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता

मंगलबार, असार १९, २०८०

काठमाडौँ– आइसिसी विश्वकप छनोटको सातौं स्थानका भइरहेको खेलमा नेपालले आयरल्यान्डको पहिलो विकेट लिएको छ । करण केसीले नेपाललाई सफलता दिलाएका हुन् ।

पहिलो विकेट गुमाउँदा आयरल्यान्डले ४.३ ओभरमा २१ रन बनाएको थियो ।

नेपालले आयरल्यान्डलाई २६९ रनको विशाल लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।

नेपालका लागि गुल्शन झाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ४२ बलमा अविजित ५७ रन जोडे । उनले ४० बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

यस्तै, ओपनर अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन जोडे । 

यस्तै, कप्तान रोहित  पौडेलले २९ रन बनाउँदा ओपनर भीम सार्की २० रनमा आउट भए । 

यसैगरी, ओपनर कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७, करण केसीले ४ रन बनाउँदा किशोर महतोले अविजित १ रन जोडे ।

दीपेन्द्रसिंह ऐरी भने ० रनमा आउट भएका थिए ।   

आठौँ र नवौँ क्रममा आएका गुल्शन र सन्दीपले महत्वपूर्ण पारी खेलेका थिए । उनीहरूको साझेदारीका कारण नेपालले आयरल्यान्डलाई विशाल लक्ष्य दिन सक्यो ।

अहिले आयरल्यान्डले ब्याटिङ गर्दैछ ।
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्