आयरल्यान्डविरुद्ध गुल्शनले दिलाए नेपाललाई तेस्रो सफलता
काठमाडौँ– आइसिसी विश्वकप छनोटको सातौं स्थानका भइरहेको खेलमा नेपालले आयरल्यान्डको तेस्रो विकेट लिएको छ ।
गुल्शन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
तेस्रो विकेट गुमाउँदा आयरल्यान्डले १२ ओभरमा ६० रन बनाएको थियो ।
नेपालले आयरल्यान्डलाई २६९ रनको विशाल लक्ष्य दिएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।
नेपालका लागि गुल्शन झाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ४२ बलमा अविजित ५७ रन जोडे । उनले ४० बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
यस्तै, ओपनर अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन जोडे ।
यस्तै, कप्तान रोहित पौडेलले २९ रन बनाउँदा ओपनर भीम सार्की २० रनमा आउट भए ।
यसैगरी, ओपनर कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७, करण केसीले ४ रन बनाउँदा किशोर महतोले अविजित १ रन जोडे ।
दीपेन्द्रसिंह ऐरी भने ० रनमा आउट भएका थिए ।
आठौँ र नवौँ क्रममा आएका गुल्शन र सन्दीपले महत्वपूर्ण पारी खेलेका थिए । उनीहरूको साझेदारीका कारण नेपालले आयरल्यान्डलाई विशाल लक्ष्य दिन सक्यो ।
अहिले आयरल्यान्डले ब्याटिङ गर्दैछ ।