नेपालविरुद्ध आयरल्याण्डले गुमायो पाँचौ विकेट
काठमाडौँ– सातौँ स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध पाँचौ विकेट गुमाएको छ ।
६० रन बनाएर खतरनाक देखिएका ह्यारी टेक्टरलाई सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
२६ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ५ विकेटको क्षतिमा १३४ रन बनाएको छ । नेपालले यसअघि आयरल्याण्डसामु २६९ रनका लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले आयरल्यान्डलाई २६९ रनको विशाल लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।
नेपालका लागि गुल्शन झाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ४२ बलमा अविजित ५७ रन जोडे । उनले ४० बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
यस्तै, ओपनर अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन जोडे । कप्तान रोहित पौडेलले २९ रन बनाउँदा ओपनर भीम सार्की २० रनमा आउट भए ।
यसैगरी, ओपनर कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७, करण केसीले ४ रन बनाउँदा किशोर महतोले अविजित १ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने ० रनमा आउट भएका थिए ।
आठौँ र नवौँ क्रममा आएका गुल्शन र सन्दीपले महत्वपूर्ण पारी खेलेका थिए । उनीहरूको साझेदारीका कारण नेपालले आयरल्यान्डलाई विशाल लक्ष्य दिन सक्यो ।
अहिले आयरल्यान्डले ब्याटिङ गर्दैछ ।