विद्युतीय गाडी ‘सिट्रोन ई सी थ्री’, आकर्षक मूल्यमा लोभलाग्दा फिचर
काठमाडौँ– फ्रेन्च ‘डिएनएको सिट्रोन ईसी–थ्री’ परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको अत्याधुनिक विद्युतीय गाडी हो । इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसी–थ्री गेम चेन्जरको रूपमा बजारमा स्थापीत भएको छ ।
२९.२ किलोवाट आवर्स ब्याट्रीबाट सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ उत्कृष्ट प्रदर्शन गर्ने कम्पनिले जनाएको छ । ई सी थ्रीलाई विद्युतीय पावरट्रेनले परम्परागत विद्युतीय गाडीहरूबाट अलग राखेको कम्पनिको दावि छ । कम्पनिका अनुसार यसले द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी छ ।
यस्तो छन् लोभलाग्दा फिचरहरु
मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई सी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ । हेर्नमा बहुत आकर्षक डिजाइन हुनुको साथै यसको रेञ्ज पनि राम्रो छ । विद्युतीय गाडि भएकोले ई सी थ्रीले वातावरणिय स्वच्छतामा पनि योगदान पुर्याउन्छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ई सी थ्री एउटा उपयुक्त रोजाई हो ।
अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख रुपैयाँ र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रुपैयाँ रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो । यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउँछ ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई सी थ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।
कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई सी थ्री एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।
दिगो र नवीन सवारी साधनहरूलाई आम मानिसमाझ पहुँचयोग्य बनाउने सिट्रोनको प्रतिबद्धताले ई सी थ्रीलाई बजारमा साँच्चै नै गेम चेन्जरको रुपमा स्थापित गर्दछ । अहिले सम्म १०० भन्दा बढीे सिट्रोन ई सी थ्री बुकिंग भइसकेको कम्पनिले जानकारी दिएको छ । तपाईं पनि आजै नयाँ सिट्रोन ई सी थ्री बुक गर्नुहोस र दिगो र प्रदुषणमुक्त भविष्यतर्फको यात्रामा सामेल हुनुहोस् । सिट्रोन ई सी थ्रीका दुवै भेरियन्टहरु एक लाखमा प्रि बूकिंग गर्न सकिनेछ ।