नेपालविरुद्ध आयरल्याण्डले गुमायो सातौँ विकेट
काठमाडौँ– सातौँ स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध सातौँ विकेट गुमाएको छ ।
३३ रन बनाएका जर्ज डकरेललाई किशोर महतोले विकेट लिएका हुन् । महतोको यो दोस्रो विकेट हो ।
४५.५ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ७ विकेटको क्षतिमा २४५ रन बनाएको छ । नेपालले यसअघि आयरल्याण्डसामु २६९ रनका लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले आयरल्यान्डलाई २६९ रनको विशाल लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० २०:२५
प्रतिक्रिया दिनुहोस्