कसले कति पटक जितेको छ साफ च्याम्पियन्सिपको उपाधि ?
काठमाडौँ – दक्षिण एसियाल फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)मा भारतले आफ्नो दबदबा कायमै राखेको छ । गएराति घरेलु मैदानमा भएको फाइनलमा आमन्त्रित टोली कुवेतलाई सडन डेथमा हराउँदै भारतले साफमा आफ्नो वर्चश्व कायमै राखेको हो ।
१४ औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा साविक विजेता भारतले कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
यसअघि ८ पटक उपाधि जितेको भारतले आफ्नो लगभग एकाधिकार कायम राख्दै नवौँ पुर्याएको छ ।
प्रतियोगितालाई प्रतिस्पर्धी बनाउन यो पटक साफ फुटबल संघले कुवेत र लेबनानजस्ता लिया टोली बोलाएको थियो । तर, दक्षिण एसियाली महारथी भारतले तिनीहरूलाई क्रमशः सेमिफाइनल र फाइनलमा हराउँदै उपाधि जित्न सफल भएको छ ।
भारतले यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ च्याम्पियनसिप जितेको थियो । साफ च्याम्पियनसिपको चौधौं संस्करण समाप्तिमा भारतले सबैभन्दा बढी ९, माल्दिभ्सले २ तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् ।
माल्दिभ्सले २००८ र २०१८ मा उपाधि जितेको थियो । यस्तै, बंगलादेशले २००३, अफगानिस्तानले २०१३ र श्रीलंकाले १९९५ मा उपाधि जितेका छन् ।
नेपालले भने साफ च्याम्पियन्सिपको उपाधि जित्न सकेको छैन । नेपाल २०२१ मा भएको अघिल्लो संस्करणमा फाइनलमा पुगेको थियो । तर, उपाधि जित्नबाट बञ्चित भयो ।
हेरौँ तथ्यांक :