Nic Ad Nic Ad
Nic Ad Nic Ad

होशमा आए पिएसजीका गोलकिपर रिको, स्वास्थ्यमा क्रमिक सुधार

बुधबार, असार २०, २०८०

बार्सिलोना– मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत पेरिस सेन्ट जर्मेन (पिएसजी)का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

“गत मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परी अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ । सर्जियो रिकोलाई अहिले सघन कक्ष (आईसीयू) सामान्य वार्डमा सारिएको छ जहाँ उहाँ पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहनुभएको थियो । उहाँलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,” अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ । 

अस्पतालले भनेको छ, “आजदेखि उहाँलाई वार्डमा भर्ना गरिएको छ । उहाँले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नुहुनेछ ।” रिको कोमामा हुनुहुन्थ्यो तर अस्पताल स्रोतले दिएको जानकारीअनुसार उनी केही दिनदेखि होशमा आएका छन् । फेरि कुराकानी गरिरहेका छन् । 

गोलकिपरले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जित्नुभएको थियो र सन् २०२० देखि लगातार पेरिस सेन्ट जर्मेनमा सामेल भइरहेका थिए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्