Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

बिहीबार, असार २१, २०८०

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

यस्तैगरी, आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू(भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्