Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाफनाबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा गर्न श्रीलङ्काको एक अदालतको आदेश

बिहीबार, असार २१, २०८०

रामनाथपुरम– श्रीलङ्काको एक अदालतले २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ । 

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो ।

तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टई माछा मार्ने बन्दरगाहबाट निस्केका ती मछुवालाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो । 

अनुसन्धानपछि उनीहरूलाई स्थानीय प्रहरी अदालतमा उपस्थित गराइएको थियो जहाँ न्यायाधीशले उनीहरूलाई जुलाई ५ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए ।

मछुवाहरूलाई जाफनास्थित जेलमा थुनिएको थियो । हिरासत पूरा भएपछि, मछुवाहरूलाई फेरि अदालतमा पेश गरिएको र अदालतले उचित प्रक्रियापछि उनीहरूलाई रिहा गर्न आदेश दिएको छ । 

रिहा गरिएका मछुवाहरु केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको भारतीय मछुवा सङ्घले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्