सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
केहीबेर अघिबाट सुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयनजस्ता विषयले पनि बैठकमा प्रवेश पाउने बताइएको छ ।
यस्तै, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्