नेभिगेशन
समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा उभियो गठबन्धन– राजीनामा दिनु नपर्ने निर्णय

काठमाडौँ– सत्ता गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको बचाउमा उत्रिएको छ ।

बालुवाटारमा आज बसेको बैठकमा गठबन्धनले विपक्षीले माग्दैमा राजीनामा दिनु नपर्ने निर्णय गरेको हो ।

बैठकपछि का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेलगायत दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरु संसद् फेस गर्ने तर राजीनामा नदिने निर्णय भएको स्पष्ट पारे ।

‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ,’ उनले भने ।

व्यापारी सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए । उनले सरकार सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको स्मरण गरेका थिए । यसैलाई लिएर उनको राजीनामा मागिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार