Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलात्कारीले १६ वर्षे बालिकालाई उमेर पुगेकी युवती भनेपछि...

बिहीबार, असार २१, २०८०

काठमाडौँ–ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लब गएकी एक बालिकालाई बलात्कार गरेको अभियोग लागेका व्यक्तिले बालिकालाई उमेर पुगेकी युवती भनेपछि घटनाले नयाँ मोड लिएको छ ।

एलओडी क्लब गएकी एक जना नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका सुदनबहादुर कोइरालाले एक बालिकालाई बलात्कार गरेको आरोप लागेको हो ।

कोइरालालाई जेठ ३० गते एलओडी क्लब गएकी १६ बर्षे बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोप लागेको छ । उनी पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार  जेठ३१ गते बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छिन् ।

जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । क्लबमा प्रवेश गर्ने व्यक्ति बालिका नहुने उनको दाबी थियो ।

‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन, कोइरालाले बयानमा भनेका छन् ।

उनको यो बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो । उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्