नेभिगेशन
अर्थ विविध

क्यान महानिर्देशकमाथि मन्त्री किरातीको व्यवहारः सार्वजनिक रुपमा स्पष्टीकरण, भेटघाट गुपचुप

काठमाडौँ– आफूले मन्त्री बनेपछि राम्रो मात्रै काम गरेको दाबी गरिरहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशकमाथि गरेको व्यवहार भने शंकास्पद देखिएको छ ।

मन्त्री किरातीले महानिर्देशक प्रदीप अधिकारीलाई मागेको स्पष्टीकरण सामाजिक संजालमा छरपष्ट भएको छ । तर, गत बुधबार (हिजो) मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको भेटघाटलाई भने मन्त्रीकै निर्देशकमा गुपचुप राखिएको छ ।

मन्त्री किराती र महानिर्देशक अधिकारीबीच बुधबार मन्त्रालयमै  गोप्य वार्ता भएको थियो । बुधबार साँझ आधा घण्टासम्म भएको भेटघाटमा उनीहरुबीच के कुराकानी भयो भन्ने विषय भने बाहिर आइसकेको छैन । तथापि, मन्त्रीले सोधेको स्पष्टिकरण र अधिकारीले नदिएको जवाफ सम्बन्धि नै छलफल भएको हो भन्ने अनुमान गरिएको छ ।

2nd-spastikaran1688629630.jpgमन्त्री किरातीले महानिर्देशक अधिकारीलाई गत असार ११ गते ९ बुदे प्रश्न  सोधेका थिए । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ नआएपछि  असार २० गतेको मन्त्रिस्तरीय निर्णय भन्दै अर्काे स्पष्टिकरण सोधिएको छ । दोस्रो स्पष्टिकरणको लागि ३ दिनको म्याद दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्