कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद उद्धव थापा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले आ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज प्रदेश प्रमुख खापुङसमक्ष थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी)का ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १७:३६
प्रतिक्रिया दिनुहोस्