मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाले ज्यान गुमाए, १९ घाइते
ओक्साका– मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले बताएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा बताए ।
दुर्घटनामा पन्ध्र जना महिला, एउटा बच्चा र १३ जना पुरुषले ज्यान गुमाएका उनले जनाए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानले यान्त्रिक खराबीका कारण दुर्घटना भएको देखाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १८:१९
प्रतिक्रिया दिनुहोस्