‘कांग्रेस पार्टी विधि, विधानअनुसार चल्न सकेन’
काठमाडौँ– नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका हुन् ।
अब बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबाट नागरिक केन्द्रीय अभियान सञ्चालन गर्नुपर्ने, सरकारमा जाने पार्टीका नेताहरुलाई जिम्मेवार बनाउनुपर्ने बिषय छलफलमा आएको महामन्त्री थापाले बताए । उनले केन्द्रीय समितिपछि पार्टीलाई पार्टी विधि, विधानअनुसार सहज रुपमा चल्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा समेत सहभागीले जोड दिएको जानकारी दिए ।
कांग्रेस सरकारमा सहभागी भएकाले काम र परिणामबाट नागरिकको मत जित्नुपर्ने जिल्ला सभापतिहरुको भनाइ रहेको उनको भनाइ छ ।
छलफलमा २८ जना जिल्ला सभापतिको सहभागीता रहेको थियो । उनीहरुले सरकारको बजेटप्रति पनि असन्तुष्टि जनाएका थिए ।