नेभिगेशन
समाज विविध

काठमाडौँ महानगरले भन्यो– कक्षा ११ मा भर्ना अवधि कम्तिमा १५ दिन राख्नु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाको समय कम्तिमा पनि १५ दिन राख्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज एक सार्वजनिक सुचना प्रकाशित गरी शिक्षण संस्थाहरुले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिमा सुचना प्रकाशित गर्दा दुर्गम क्षेत्रबाट काठमाडौँ आएर भर्ना हुने विद्यार्थीलाई समस्या हुने गरेकोले कम्तिमा १५ दिनको समय राख्न भनेको हो ।

‘विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरुले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सुचना प्रकाशन गर्ने गरेको अनुभव छ । यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरु आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक भएको मितिबाट कम्तिमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छ,’ सुचना भनिएको छ ।

kathmandu notice1688706289.jpeg

हिजो मात्रै एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

सोमबार, वैशाख ८, २०८२

दानव नदीमा तीन बालक बेपत्ता

सोमबार, वैशाख ८, २०८२