Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरले २ सहकारी संस्था खारेज गर्दै, कुन कुन हुन खारेज हुने ?

शुक्रबार, असार २२, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले २ वटा सहकारी संस्था खारेज गर्ने भएको छ । सहकारी ऐन २०७५ अनुसार ती संस्था खारेज गर्न लागिएको हो ।

२ वटा सहकारी संस्था खारेज गर्नको लागि ती सहकारी संस्थासँग कारोबार बाँकी भए अबको १५ दिनभित्रमा सम्पर्क गर्न पनि महानगरले भनेको छ । 

महानगरले वडा नम्बर ५ कठमाडौँमा रहेको दर्ता नम्बर २५०२/०६६/०६७ को जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चावहिलमा रहेको दर्ता नम्बर १९३७/०५६/०६६ को सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गर्न लागेको हो ।

सहकारी ऐन २०७५ को दफा ६६ मा सहकारी संस्था खारेजी सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम ती २ सहकारीले दर्ता खारेजीको लागि निवेदन दिएकोले खारेजी गर्न लागिएको महानगरको भनाइ छ । 

sahakari1688706884.jpg

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्