Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालिका बलात्कार घटनामा जोडिएका एलओडीका अर्का संचालक पनि पक्राउ

शुक्रबार, असार २२, २०८०

काठमाडौँ– १६ वर्षीया बालिका बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक पनि पक्राउ परेका छन् । प्रहरीले एलओडीका अर्का संचालक रूदिलबल्लव सिंहलाई पक्राउ गरेको हो ।

सिंहलाई आज बिहान साढे ९ बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बुधबार बालुवाटारबाट पक्राउ परेका थिए। बालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो।

यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै बालिकाले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ। बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन्।

बालिकाको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्‍ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो। 

१६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो। 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्