पशुपतिमा जलहरी प्रकरण : बढार्ने क्रममा भेटियो थप ४३ तोला सुन
काठमाडौँ– पशुपतिनाथ मन्दिर थप ४३ तोला सुन भेटिएको छ ।
जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा आज उक्त परिमाणको सुन भेटिएको हो ।
पशुपतिको गर्भगृहमा १०७ केजी ९२४.७४ ग्राम सुनबराबरको जलहरी केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा लगाइएको थियो । माओवादी केन्द्रका सांसदहरूले त्यसमा अनियमितता भएको भन्दै संसद्मा कुरा उठाएका थिए । १० केजी सुन कम राखिएको उनीहरूको दाबी थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो ।
सुनको हिसाब नमिलेपछि अहिले अख्तियारले थप छानबिन गरिरहेको छ ।
यहीक्रममा गर्भगृहमा थप ४३ तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोषका एक सदस्यले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्